भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उच्चस्तरीय जाँचबुझ आयोगलाई पूर्वप्रधानमन्त्री ओलीको लिखित बयान

उच्चस्तरीय जाँचबुझ आयोगलाई पूर्वप्रधानमन्त्री ओलीको लिखित बयान

काठमाण्डौ, २१ पुष । गएको भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित बयान लिएको छ ।

बयानका लागि पत्र बुझाउन हिजो ओली निवास गुण्डु पुगेको आयोगको टोलीलाई ओलीले लिखित वक्तव्य दिनुभएको हो । यसअघि एमाले अध्यक्ष ओलीले आयोगलाई नमान्ने र बयान नदिने भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसहित सुरक्षाकर्मी, तत्कालीन मुख्य सचिव, गृहसचिव तथा काठमाण्डौका प्रशासन प्रमुखसँग बयान लिइसकेको छ । सबै सरोकारवालासँग बयान सकिएपछि आयोगले प्रतिवेदन लेखनको काम अघि बढाएको जनाएको छ ।

नवयुवाको आन्दोलनपछि गठन भएको सरकारले असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.