भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

उच्चस्तरीय जाँचबुझ आयोगलाई पूर्वप्रधानमन्त्री ओलीको लिखित बयान

उच्चस्तरीय जाँचबुझ आयोगलाई पूर्वप्रधानमन्त्री ओलीको लिखित बयान

काठमाण्डौ, २१ पुष । गएको भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित बयान लिएको छ ।

बयानका लागि पत्र बुझाउन हिजो ओली निवास गुण्डु पुगेको आयोगको टोलीलाई ओलीले लिखित वक्तव्य दिनुभएको हो । यसअघि एमाले अध्यक्ष ओलीले आयोगलाई नमान्ने र बयान नदिने भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसहित सुरक्षाकर्मी, तत्कालीन मुख्य सचिव, गृहसचिव तथा काठमाण्डौका प्रशासन प्रमुखसँग बयान लिइसकेको छ । सबै सरोकारवालासँग बयान सकिएपछि आयोगले प्रतिवेदन लेखनको काम अघि बढाएको जनाएको छ ।

नवयुवाको आन्दोलनपछि गठन भएको सरकारले असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.