भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

इजरायलले प्यालेस्टिनी बैंकहरूबन्द गरे मानवीय सङ्कट आउने अमेरिकाको चेतावनी

इजरायलले प्यालेस्टिनी बैंकहरूबन्द गरे मानवीय सङ्कट आउने अमेरिकाको चेतावनी

अमेरिका । अमेरिकी वित्तमन्त्री जेनेट येलेनले इजरायलले प्यालेस्टिनी बैंकहरूका लागि महत्त्वपूर्ण वित्तीय च्यानल बन्द गरे ‘मानवीय सङ्कट’ को खतरा हुन सक्ने चेतावनी दिनुभएको छ । उहाँले आफू एक विशेषज्ञका रूपमा इजरायलको कारबाहीको धम्कीबाट चिन्तित रहेको बताउनुभएको अमेरिकी सञ्चारमाध्यम द न्यूयोर्क टाइम्सले जनाएको छ ।

इटालीमा भइरहेको जी–७ राष्ट्रका वित्तमन्त्रीहरूको बैठकमा येलेनले इजराइलबाट विद्युत्, पानी, इन्धन र खाद्यान्नसहित झन्डै आठ अर्ब डलर आयात गर्न सक्षम रहेको र प्यालेस्टिनीको जीविकोपार्जनसँग यो प्रत्यक्ष सम्बन्धित रहेको बताउनुभयो ।

इजरायलले प्यालेस्टिनी बैंकहरू बन्द गरे यसले निम्त्याउने सङ्कटका बारेमा एक महिनाअघि पत्र लेखेर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सचेत गराएको अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बताउनुभयो । इजराइलले प्यालेस्टिनीका लागि मानवीय सङ्कटको अवस्था सिर्जना गर्ने सङ्केततर्फ अरू देशले पनि ध्यानाकर्षण गराउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.