भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

इजरायलले प्यालेस्टिनी बैंकहरूबन्द गरे मानवीय सङ्कट आउने अमेरिकाको चेतावनी

इजरायलले प्यालेस्टिनी बैंकहरूबन्द गरे मानवीय सङ्कट आउने अमेरिकाको चेतावनी

अमेरिका । अमेरिकी वित्तमन्त्री जेनेट येलेनले इजरायलले प्यालेस्टिनी बैंकहरूका लागि महत्त्वपूर्ण वित्तीय च्यानल बन्द गरे ‘मानवीय सङ्कट’ को खतरा हुन सक्ने चेतावनी दिनुभएको छ । उहाँले आफू एक विशेषज्ञका रूपमा इजरायलको कारबाहीको धम्कीबाट चिन्तित रहेको बताउनुभएको अमेरिकी सञ्चारमाध्यम द न्यूयोर्क टाइम्सले जनाएको छ ।

इटालीमा भइरहेको जी–७ राष्ट्रका वित्तमन्त्रीहरूको बैठकमा येलेनले इजराइलबाट विद्युत्, पानी, इन्धन र खाद्यान्नसहित झन्डै आठ अर्ब डलर आयात गर्न सक्षम रहेको र प्यालेस्टिनीको जीविकोपार्जनसँग यो प्रत्यक्ष सम्बन्धित रहेको बताउनुभयो ।

इजरायलले प्यालेस्टिनी बैंकहरू बन्द गरे यसले निम्त्याउने सङ्कटका बारेमा एक महिनाअघि पत्र लेखेर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सचेत गराएको अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बताउनुभयो । इजराइलले प्यालेस्टिनीका लागि मानवीय सङ्कटको अवस्था सिर्जना गर्ने सङ्केततर्फ अरू देशले पनि ध्यानाकर्षण गराउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.