भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक १३ गतेसम्मका लागि स्थगित

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक १३ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक १३ गतेसम्मका लागि स्थगित भएको छ। आज बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेका थिए।

सभामुख देवराज घिमिरेले सांसदहरूलाई बसेर बैठक चलाउन सहयोगका लागि पटक पटक विशेष अनुरोध गरे पनि उनीहरूले अवरोधलाई जारी राखेपछि आजको सम्पूर्ण कार्यसूची हटाई अर्को बैठक आइतबार जेठ १३ गतेका लागि बस्ने गरी स्थगित गरेका हुन् ।

प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै उनको नाम किटानीका साथ कार्यादेश बनाउनुपर्ने मागसहित सदनमा अवरोध गर्दै आएको छ।

 

 


Thali Mobile Pvt.Ltd.