भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक १३ गतेसम्मका लागि स्थगित

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक १३ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक १३ गतेसम्मका लागि स्थगित भएको छ। आज बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेका थिए।

सभामुख देवराज घिमिरेले सांसदहरूलाई बसेर बैठक चलाउन सहयोगका लागि पटक पटक विशेष अनुरोध गरे पनि उनीहरूले अवरोधलाई जारी राखेपछि आजको सम्पूर्ण कार्यसूची हटाई अर्को बैठक आइतबार जेठ १३ गतेका लागि बस्ने गरी स्थगित गरेका हुन् ।

प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै उनको नाम किटानीका साथ कार्यादेश बनाउनुपर्ने मागसहित सदनमा अवरोध गर्दै आएको छ।

 

 


Thali Mobile Pvt.Ltd.