भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिस डाडाँमा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिस डाडाँमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । बैठकमा विधान मस्यौदाबारे छलफल हुने महासचिव देव गुरुङले बताए ।

पुस २८ गते बसेको स्थायी कमिटीको बैठकले फागुन १,२ र ३ गते विधान अधिवेशन गर्ने निर्णय गरेको थियो । विधान संशोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकारदेखि विभिन्न विषयमा संशोधन गर्ने प्रस्ताव गरेको छ ।

ती प्रस्तावहरूलाई पार्टीको तल्लो तहसम्म सर्कुलर गरी सुझाव संकलन गरिने भनिएको थियो। सोही सुझाबबारे निर्णय गर्न आज स्थायी कमिटीको बैठक राखिएको हो । स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.