भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

नाबालिकाको चरित्रहत्या आरोपमा एक युवक पक्राउ

नाबालिकाको चरित्रहत्या आरोपमा एक युवक पक्राउ

काठमाडौं । नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक युवकलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । ब्युरोको टोलीले रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–२८ बस्ने २० वर्षीय मोजे एच अजवानलाई पक्राउ गरेको हो ।

उनले पीडित नाबालिकालाई सामाजिक सञ्जाल फेसबुकमा साथी बनाई अश्लील फोटो तथा भिडियो पठाएको र त्यस्तै क्रियाकलाप गर्न दबाब दिएका ब्युरोले जनाएको छ । ती युवकले त्यस्ता क्रियाकलाप रेकर्ड गरी सामाजिक सञ्जालबाट सार्वजनिक गरिदिन्छु भनी धम्की दिने गरेका थिए ।

युवकमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.