भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

सहरमा एकै किसिमको ठेगाना प्रणाली लागु गर्न रास्वपाकोे माग

सहरमा एकै किसिमको ठेगाना प्रणाली लागु गर्न रास्वपाकोे माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले देशभित्र सहरमा एकै किसिमको ठेगाना प्रणाली लागु गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले ठेगाना प्रणाली व्यवस्थित नहुँदा समस्या परेको बताए ।

ललितपुर र काठमाडौंमा यसअघि त्यस्तो प्रयास गरिए पनि व्यवस्थित हुन नसकेको उनले उल्लेख गरे ।
“एउटा नागरिकको घरमा बिरामी पर्दा एम्बुलेन्स कहाँ पठाउने रु एउटा घरमा दमकल आवश्यक पर्‍यो, कहाँ पठाउने रु सुरक्षाकर्मी आवश्यक पर्‍यो, कहाँ पठाउने रु न्यूनतम आवश्यकता मध्यनजर गरेर यही आर्थिक वर्षभित्र भूगोललाई सुहाउँदो ठेगाना प्रणाली लागु गर्न अनुरोध गर्दछु,” उनले भने ।

 

 


Thali Mobile Pvt.Ltd.