भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

टिमुरेबाट ९ जनाको उद्धार, नेपाली सेनाको हेलिकोप्टर सक्रिय

टिमुरेबाट ९ जनाको उद्धार, नेपाली सेनाको हेलिकोप्टर सक्रिय

काठमाडौँ, २४ असार । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नं. २ स्थित रसुवागढीमा आएको बाढीका कारण अलपत्र परेका ९ जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

नेपाल–चीन सिमानामा पर्ने लेण्डे खोलाबाट भोटेकोशी नदीमा बहाव बढेपछि फसेका उनीहरूलाई सेनाको टिमुरे क्षेत्रबाट उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उद्धारका लागि नेपाली सेनाले एनए–०३८ एमआई र इकुरेल हेलिकोप्टर परिचालन गरेको थियो।त्यसैगरी, नुवाकोटको त्रिशूली नदीमा रुखमा बसेर ज्यान जोगाइरहेका दुई जनालाई पनि सेनाको एमआई हेलिकोप्टरले उद्धार गरेको छ।

सेनाको सक्रिय उद्धार कार्य जारी रहेको र थप फसेकाहरूको खोजी भइरहेको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.