भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

अन्तर्राष्ट्रिय विद्यार्थीको कटौतीले अस्ट्रेलियाको अर्थतन्त्रमा क्षति पुग्ने चेतावनी

अन्तर्राष्ट्रिय विद्यार्थीको कटौतीले अस्ट्रेलियाको अर्थतन्त्रमा क्षति पुग्ने चेतावनी

काठमाडौं । अष्ट्रेलियाका विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने सरकारको योजनाले अर्थतन्त्रलाई क्षति पुर्‍याउने चेतावनी दिइएको छ । अष्ट्रेलियाका एक सयभन्दा बढी ठूला निगमका प्रमुख कार्यकारी समावेश बिजनेस काउन्सिल अफ अष्ट्रेलिया (बिसिए) ले बुधबार अष्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेश कटौतीले देशको आवास आपूर्तिको अभाव समाधान नगरी अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने जनाएको छ ।

सत्तारुढ लेबर पार्टीले मे महिनामा अष्ट्रेलियाको उच्च आप्रवासीहरूको प्रवेश कटौती गर्ने व्यापक रणनीतिको एक हिस्साको रूपमा विश्वविद्यालयहरूमा भर्ना गर्न अनुमति दिइएको नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको सङख्या सीमित गर्ने योजना प्रकट गरेको थियो । सरकारलाई प्रस्ताव पेस गर्दै बिसीएले अन्तर्राष्ट्रिय शिक्षा प्रदायकको रूपमा अष्ट्रेलियाको प्रतिष्ठा र उच्च शिक्षा क्षेत्रको समग्र गुणस्तरलाई क्षति पुर्‍याउन सक्ने जनाएको छ ।

यसले अर्थव्यवस्थामा दीर्घकालीन नकारात्मक असर पारी सबै अष्ट्रेलियालीहरू प्रवावित हुने बिसिएका प्रमुख कार्यकारी ब्रान ब्ल्याकले बुधबार विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सरकारले सोमबारको घोषणामा अष्ट्रेलियामा अध्ययन गर्न आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि भिसा आवेदन शुल्क ७१० अष्ट्रेलियाली डलरबाट एक हजार ६०० अष्ट्रेलियाली डलर वा दोब्बर भन्दा बढी बनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.