भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

बङ्गलादेशका विश्वविद्यालयहरुमा पठनपाठन पुनःशुरू

बङ्गलादेशका विश्वविद्यालयहरुमा पठनपाठन पुनःशुरू

काठमाडौं । प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनका कारण एक महिनाभन्दा लामो समयसम्म बन्द भएको बङ्गलादेशका विश्वविद्यालयहरुमा पठनपाठन शुरू भएको छ । विद्यार्थीहरू हिजोदेखि कक्षामा फर्किएका छन् ।

रोजगारी आरक्षणको विरोधमा हसिनाको १५ वर्षको कठोर शासनको अन्त्य गर्न राष्ट्रव्यापी सङ्घर्षमा परिणत भएपछि हजारौँले ढाकामा रहेका क्याम्पस र वरपरको क्षेत्रहरूमा प्रदर्शन गरेका थिए । जुलाईमा विरोध प्रदर्शन बढ्दै गएपछि अधिकारीहरूले क्याम्पस परिसर बन्द गरेका थिए ।

हिजोदेखि क्याम्पसहरुमा फेरि कक्षा भरिन थालेका र विश्वविद्यालय परिसरमा विद्यार्थी, शिक्षक र कर्मचारीको चहलपहल बढेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । यसअघि हसिना समर्थित प्रशासकहरूले राजीनामा दिएका चार–पाँच विभागबाहेक सबैमा फेरि कक्षा शुरू भएको समाचारमा उल्लेख छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.