बङ्गलादेशका विश्वविद्यालयहरुमा पठनपाठन पुनःशुरू

बङ्गलादेशका विश्वविद्यालयहरुमा पठनपाठन पुनःशुरू image

काठमाडौं । प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनका कारण एक महिनाभन्दा लामो समयसम्म बन्द भएको बङ्गलादेशका विश्वविद्यालयहरुमा पठनपाठन शुरू भएको छ । विद्यार्थीहरू हिजोदेखि कक्षामा फर्किएका छन् ।

रोजगारी आरक्षणको विरोधमा हसिनाको १५ वर्षको कठोर शासनको अन्त्य गर्न राष्ट्रव्यापी सङ्घर्षमा परिणत भएपछि हजारौँले ढाकामा रहेका क्याम्पस र वरपरको क्षेत्रहरूमा प्रदर्शन गरेका थिए । जुलाईमा विरोध प्रदर्शन बढ्दै गएपछि अधिकारीहरूले क्याम्पस परिसर बन्द गरेका थिए ।

हिजोदेखि क्याम्पसहरुमा फेरि कक्षा भरिन थालेका र विश्वविद्यालय परिसरमा विद्यार्थी, शिक्षक र कर्मचारीको चहलपहल बढेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । यसअघि हसिना समर्थित प्रशासकहरूले राजीनामा दिएका चार–पाँच विभागबाहेक सबैमा फेरि कक्षा शुरू भएको समाचारमा उल्लेख छ । एजेन्सी

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.