भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

इजरायली सेना र हिजबुल्लाह समूहलाई युद्धबाट पछि हट्न आग्रह

इजरायली सेना र हिजबुल्लाह समूहलाई युद्धबाट पछि हट्न आग्रह

काठमाडौं । इजरायली सेना र हिजबुल्लाह समूहले एकअर्काविरुद्ध आक्रमण बढाउने बताए लगतै अन्तर्राष्ट्रिय समुदायले युद्धबाट पछि हट्न आग्रह गरेका छन् । पछिल्लो समय सीमापार युद्ध बढिरहेका बेला दुवै समूहले आक्रमण अझै बढाउने धम्की दिएपछि अन्तर्राष्ट्रिय क्षेत्रबाट चासो र चिन्ता व्यक्त हुन थालेको हो ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले लेबनानलाई अर्को गाजामा परिणत गर्ने सम्भावना बढेको भन्दै युद्ध रोक्न आग्रह गरेको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले मध्य पूर्व विपत्तिको सङ्घारमा रहेकाले सैन्य कारबाहीका नाममा आक्रमण र युद्ध बढाउनुभन्दा वार्ताका माध्यमबाट रोक्ने उपाय अपनाउनुपर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि वाशिङ्टनले युद्ध फैलनबाट रोक्न सक्ने सबै काम गर्ने बताएका छन् भने बेलायती विदेश सचिव डेभिड लामीले पनि ‘तत्काल युद्धविराम’ को आह्वान गरेको खबरमा उल्लेख छ ।

इरान समर्थित समूह हिजबुल्लाहले इजरायलमा र इजरायली सेनाले लेबनानमा कैयौं रकेट, मिसाइल र अन्य प्रक्षेप्यास्त्रहरू आक्रमण गर्ने क्रम बढाएका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.