भक्तपुर बचतको अध्ययन भ्रमण सम्पन्न

भक्तपुर बचतको अध्ययन भ्रमण सम्पन्न

भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरुको तीन दिने सहकारी अध्ययन भ्रमण सोमबार सम्पन्न भएको छ । शनिवार रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लि.र आइतबार दोलखा, जिरीको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थामा उक्त संस्थाले अध्ययन भ्रमण गरेको हो ।

नेपालको स्वीटजरल्याण्ड भनेर चिनिने जिरी न.पा.मा अवस्थित एकीकृत फ्रेण्डसिप बचतका अध्यक्ष भुमिराज खड्काले भक्तपुर बचतका प्रतिनिधिमण्डललाई स्वागत गर्दै १६ वटा संस्था एकीकृत गरी हाल दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काठमाडौंलाई कार्यक्षेत्र बनाई कार्य गरिरहेको बताउनुभयो ।भक्तपुर बचतको अध्ययन भ्रमण सम्पन्न

उहाँले सहकारीभित्रको सबल र दुर्वल पक्षलाई केलाउँदै हाल दोलखाका धेरै युवाहरु विदेश पलायन भएकाले गर्दा बचत गर्न र ऋण लगानी गर्नमा समस्या आएको बताउन्ुभयो । स्रोत साधन र पूँजी पलायन भएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले सहकारीको भक्तपुर बचतका प्रतिनिधिमण्डलबाट उठाएका जिज्ञासा मेटाउनुभयो । प्रमुख कार्यकारी राम बहादुर केसीबाट एकीकृत फ्रेण्डसिप बचत र जिरी क्षेत्रको विषयमा विस्तृत जानकारी दिनुभएको थियो ।

कार्यक्रममा भक्तपुर बचतका अध्यक्ष निर्मल प्रजापतिले अध्ययन भ्रमणको औचित्य प्रष्ट्याउँदै यस भ्रमणले एक अर्काबीच राम्रो पक्षको अनुसरण हुने बताउनुभयो । उहाँले संस्थाको आर्थिक, सामाजिक, साँस्कृतिकलगायतका विभिन्न विषयबारे जानकारी दिनुभयो । कार्यक्रममा भक्तपुर बचतका सल्लाहकार एवं पूर्व अध्यक्ष रत्नप्रसाद प्रजापति, उपाध्यक्ष लक्ष्मी प्रसाद कुसी, सहसचिव तारादेवी धन्छा, सदस्य विष्णुकुमार प्रजापति, व्यवस्थापक सत्यनारायण साँयजूलगायतले बोल्नुभएको थियो ।भक्तपुर बचतको अध्ययन भ्रमण सम्पन्न

अवलोकन भ्रमणका क्रममा संस्थाले दोलखाको ६० मेगावाट क्षमताको विजुली उत्पादन केन्द्र खिम्तीस्थित हिमाल पावर कम्पनीको अध्ययन गरेको छ । एक किलोमिटरको दुरीमा रहेको सुरुङमा सञ्चालित उक्त जलविद्युत केन्द्रका स्टोर हेरचाहका तोरण बहादुर खड्काले तीन खेपमा त्यस जलविद्युतबारे जानकारी दिनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.