भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण

विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण

काठमाडौँ, १० बैशाख । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजनाका साथ अघि बढ्ने जनाएको छ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले सबै जिल्लाबाट विपद् जोखिम न्यूनीकरणसम्बन्धी योजनाको जानकारी संकलन गरी प्रभावकारी कार्ययोजना तयार पारिने जानकारी दिएका हुन्।

उनका अनुसार विपद् जोखिम न्यूनीकरण योजनाका लागि प्रत्येक जिल्लाको कोषमा उपलब्ध रकम, सामग्री तथा प्राकृतिक प्रकोपपछिका गतिविधिहरूको विवरण संकलन गर्ने काम भइरहेको छ। वैशाख १५ गतेसम्म सबै जिल्लाबाट आवश्यक जानकारी प्राप्त भएपछि केही दिनमै चालु वर्षको विपद् जोखिम न्यूनीकरण योजना तयार गरिने उनले बताए।

भट्टले विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै पालिकाको सिफारिसका आधारमा जोखिम न्यूनीकरणसम्बन्धी तालिम सञ्चालन गरिँदै आएको जानकारी दिए।

त्यसैगरी विपद्का घटनामा प्रभावकारी रूपमा काम गर्ने व्यक्तिहरूलाई पुरस्कृत गर्ने व्यवस्था गर्न लागिएको पनि उनले बताए। विपद् घटना भएपछि नागरिकलाई छिटो राहत उपलब्ध गराउने तथा अस्थायी वासस्थानको व्यवस्थापनका लागि प्राधिकरणले स्थानीय पालिकासँग समन्वय गर्दै काम गरिरहेको जानकारी दिइएको छ।

बैठकमा समिति सदस्यहरूले मनसुन सुरु हुनुअघि नै विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका थिए।

 


Thali Mobile Pvt.Ltd.