भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी ८ वर्षअघिको निर्णय उल्ट्याइयो

महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी ८ वर्षअघिको निर्णय उल्ट्याइयो

काठमाडौँ, १० बैशाख । २०७५ साल भदौमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको एक निर्णय वर्तमान सरकारले उल्ट्याएको छ। महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयलाई उपलब्ध गराउने निर्णयलाई मन्त्रिपरिषद्ले पुनः संशोधन गरेको हो।

तत्कालीन ओली नेतृत्वको सरकारले महाराजगञ्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने तथा प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेपलाञ्चोकको पाँचखालमा सार्ने निर्णय गरेको थियो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय उल्ट्याउँदै महाराजगञ्जस्थित जग्गा पुनः राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै प्रयोगमा रहने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २०७५ भदौ २१ गतेको निर्णयबमोजिम राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने भनिएको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको करिब ९११४–३–०–०० क्षेत्रफल जग्गा पूर्ववत् रूपमा प्रतिष्ठानले नै प्रयोग गर्ने व्यवस्था गरिएको छ। यस निर्णयसँगै प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई पाँचखाल सार्ने पूर्व निर्णय प्रभावहीन भएको छ।

 


Thali Mobile Pvt.Ltd.