भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी ८ वर्षअघिको निर्णय उल्ट्याइयो

महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी ८ वर्षअघिको निर्णय उल्ट्याइयो

काठमाडौँ, १० बैशाख । २०७५ साल भदौमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको एक निर्णय वर्तमान सरकारले उल्ट्याएको छ। महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयलाई उपलब्ध गराउने निर्णयलाई मन्त्रिपरिषद्ले पुनः संशोधन गरेको हो।

तत्कालीन ओली नेतृत्वको सरकारले महाराजगञ्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने तथा प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेपलाञ्चोकको पाँचखालमा सार्ने निर्णय गरेको थियो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय उल्ट्याउँदै महाराजगञ्जस्थित जग्गा पुनः राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै प्रयोगमा रहने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २०७५ भदौ २१ गतेको निर्णयबमोजिम राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने भनिएको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको करिब ९११४–३–०–०० क्षेत्रफल जग्गा पूर्ववत् रूपमा प्रतिष्ठानले नै प्रयोग गर्ने व्यवस्था गरिएको छ। यस निर्णयसँगै प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई पाँचखाल सार्ने पूर्व निर्णय प्रभावहीन भएको छ।

 


Thali Mobile Pvt.Ltd.