भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

धनुषा घटनाको विरोधमा वीरगञ्ज तनावग्रस्त, प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार

धनुषा घटनाको विरोधमा वीरगञ्ज तनावग्रस्त, प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार

वीरगञ्ज, २० पुस । धनुषामा मस्जिदमा तोडफोड र धार्मिक ग्रन्थ कुरान जलाइएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

धनुषाको कमला नगरपालिकामा शनिबार भएको घटनाको विरोधमा वीरगञ्जका मुस्लिम समुदाय सडकमा उत्रिएका थिए । प्रदर्शनका क्रममा टायर बालेर सडक अवरुद्ध गरिएको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि अवस्था तनावपूर्ण बनेको थियो । छपकैया प्रहरी बिटमा तोडफोड भएपछि प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरेको हो । पर्सा प्रहरीका डीएसपी राजु कार्कीका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्न थालेपछि बाध्य भएर अश्रुग्यास प्रयोग गरिएको हो । प्रहरीको कारबाहीपछि हाल वीरगञ्जको अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्जको घण्टाघर, छपकैया लगायतका क्षेत्रमा बिहानैदेखि प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरूले धनुषा घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गर्दै अल्पसंख्यक समुदायमाथि आक्रमण स्वीकार्य नहुने नाराबाजी गरेका थिए ।

के हो धनुषाको घटना ?

धनुषाको कमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम टोलको मस्जिदमा शनिबार तोडफोड गर्नुका साथै धार्मिक ग्रन्थ जलाइएको थियो । प्रहरीले उक्त घटनाको सुरुवात सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोबाट भएको जनाएको छ । धनुषा प्रहरी प्रमुख रुग्म कुँवरका अनुसार, सुरुमा दुई जना मुस्लिम युवकले हिन्दु समुदायको रक्षाबन्धन पर्वप्रति नकारात्मक सन्देश जाने भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उक्त भिडियो सार्वजनिक भएपछि आक्रोशित स्थानीय युवाहरूले प्रहरी चौकी घेराउ गर्दै कारबाहीको माग गरेका थिए ।

प्रहरीले भिडियो पोस्ट गर्ने दुवै युवकलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइरहेकै बेला केही युवाको समूहले मस्जिदमा आक्रमण गरेको प्रहरीको भनाइ छ । सोही घटनाको विरोधस्वरूप आइतबार वीरगञ्जमा प्रदर्शन भएको हो ।

 

 


Thali Mobile Pvt.Ltd.