भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

डोल्पा घटनापछि चौकीका प्रहरी सम्पर्कमा, युवक अझै बेपत्ता

डोल्पा घटनापछि चौकीका प्रहरी सम्पर्कमा, युवक अझै बेपत्ता

काठमाडौं, २० पुस । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित करोपगार्ड इलाका प्रहरी कार्यालयमा भएको तोडफोड र आक्रमणपछि सम्पर्कविहीन भएका भनिएका प्रहरीहरू सम्पर्कमा आएका छन् ।

प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाका अनुसार तोडफोड र आक्रमणबाट हातहतियार सुरक्षित राख्ने उद्देश्यले केही प्रहरी सुरक्षित स्थानमा गएका थिए । अवस्था सामान्य भएपछि ती प्रहरीहरू शनिबार राति नै सम्पर्कमा आएका हुन् । गत शुक्रबार ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकाया प्रहरी चेकिङका क्रममा ठूलीभेरी नदीमा बेपत्ता भएपछि स्थानीय आक्रोशित बनेका थिए । सोही घटनालाई लिएर शनिबार साँझ स्थानीयवासीले करोपगार्ड इलाका प्रहरी कार्यालयमा आक्रमण गरेका थिए । आक्रमणबाट प्रहरी चौकीमा क्षति पुगेको छ भने केही प्रहरी घाइते भएका छन् ।

प्रहरीका अनुसार लागुऔषध ओसारपसारको आशंकामा छेप्के पुलमा जाँच गर्न खोज्दा रोकाया आफैं नदीमा हामफालेका हुन् । तर स्थानीयवासीले भने प्रहरीले लखेटी–लखेटी नदीमा खसालेको आरोप लगाएका छन् । नदीमा बेपत्ता भएका रोकायाको अवस्था अझै थाहा हुन सकेको छैन । उनको खोजी कार्य जारी रहेको प्रशासनले जनाएको छ ।

घटनाको छानबिनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रामप्रसाद घर्तीमगरको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए । घटनापछि करोपगार्ड इलाका प्रहरी कार्यालयका सबै १० जना प्रहरीलाई जिल्ला सदरमुकाम तानिएको छ । युवक बेपत्ता घटनामा प्रत्यक्ष संलग्न रहेका चार जना प्रहरीमाथि समेत अनुसन्धान भइरहेको जनाइएको छ ।

स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी वार्ताको प्रयास भइरहेको र निष्पक्ष छानबिन गरेर पीडितलाई न्याय दिन प्रशासन प्रतिबद्ध रहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । घटनाको विरोधमा ल्हाँ गाउँका बासिन्दाले डोल्पामा अनिश्चितकालीन यातायात बन्द घोषणा गरेका छन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.