भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

विशेष महाधिवेशनको औचित्य मंसिर १५ मै समाप्त भइसकेको छ : विमलेन्द्र निधि

विशेष महाधिवेशनको औचित्य मंसिर १५ मै समाप्त भइसकेको छ : विमलेन्द्र निधि

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको विशेष महाधिवेशन अब आवश्यक नरहेको बताएका छन् । नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेकाले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेमै समाप्त भइसकेको उनको भनाइ छ ।

शुक्रबार पार्टीको कार्यसम्पादन समिति बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय पुगेका निधिले सञ्चारकर्मीहरूसँग कुरा गर्दै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको स्पष्ट पारे । “विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकिएको हो,” उनले भने ।

विशेष महाधिवेशनका लागि हल बुक भइसकेको र महाधिवेशन हुने निश्चित भएको भन्ने चर्चा बारे पत्रकारले प्रश्न गर्दा निधिले छोटो प्रतिक्रिया दिँदै भने, “कसले भन्छ हुन्छ भनेर ? हुँदैन ।”

उनले पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेको पनि बताए । पार्टीभित्र देखिएको आन्तरिक विवादबारे कसरी अघि बढ्ने भन्ने प्रश्नमा भने निधिले कुनै प्रतिक्रिया दिएनन् ।

 

 


Thali Mobile Pvt.Ltd.