भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

काठमाडौंका होटलमा कारमार्फत युवती सप्लाइ गर्ने अभियुक्त कारागार चलान

काठमाडौंका होटलमा कारमार्फत युवती सप्लाइ गर्ने अभियुक्त कारागार चलान

काठमाडौं, १८ पुस । काठमाडौं उपत्यकाका विभिन्न होटलहरूमा ग्राहकको मागअनुसार युवती सप्लाइ गर्ने अवैध धन्दामा संलग्न एक युवकलाई अदालतको आदेशपछि कारागार चलान गरिएको छ । युवती सप्लाइ गरेको अभियोगमा पक्राउ परेका दोलखाको मेलुङ गाउँपालिका–१ पवटी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–६ कपन बस्दै आएका ३९ वर्षीय आकाश भनिने कुलबहादुर कार्कीलाई केन्द्रीय कारागार जगन्नाथदेवल (सुन्धारा) पठाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको बिहीबारको इजलासले कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई कारागार चलाइएको हो । प्रहरीका अनुसार कार्कीले आफ्नै निजी कार प्रयोग गरी युवतीहरूलाई उपत्यकाका विभिन्न होटलहरूमा पुर्‍याउने र त्यसबापत ठूलो रकम असुल्ने गरेको पाइएको छ । उनी ठमेल, गौशाला, गोंगबु तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका होटलहरूमा सक्रिय रहेको अनुसन्धानबाट खुलेको छ ।

कार्कीलाई प्रहरी वृत्त गौशालाले २० मंसिर मा सरस्वतीनगरबाट पक्राउ गरेको थियो । उनीमाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । अनुसन्धानका क्रममा कार्कीले होटलमा ग्राहक खोज्ने व्यक्तिहरू, होटलका स्टाफ तथा ट्याक्सी चालकहरूसँग निरन्तर सम्पर्क राख्ने गरेको खुलेको प्रहरीले जनाएको छ । उनले करिब ५० जना युवतीका तस्बिरहरू ट्याक्सी चालक, होटलसँग सम्बन्धित व्यक्ति तथा ग्राहक खोज्ने एजेन्टहरूलाई उपलब्ध गराउने गरेको पाइएको छ ।

कार्कीविरुद्ध दुई जना युवतीले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीमा आफूहरूलाई प्रलोभनमा पारेर जबर्जस्ती यौनधन्दामा लगाइएको उल्लेख छ । १९ मंसिर मा ती दुई युवतीलाई कार्कीले बागमती बीएसी ०९४८ नम्बरको आफ्नै कारमा राखी काठमाडौं महानगरपालिका–९ विजयचोक पुर्‍याएर ग्राहकसँग सम्पर्क गराइदिएको र आफु बेपत्ता भएको प्रहरीको भनाइ छ ।

पीडित युवतीहरूले जानकारी दिएपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो । त्यसपछि परेको उजुरीका आधारमा कार्कीलाई २० मंसिर मा कालोपुल क्षेत्रबाट पक्राउ गरिएको थियो ।

 

 

 


Thali Mobile Pvt.Ltd.