भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु, ४ जना घाइते

प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु, ४ जना घाइते

प्युठान, १४ बैशाख । प्युठानको गौमुखी गाउँपालिकामा आइतबार चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार वडा नम्बर ६ लिवाङका ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको चट्याङ लागेर मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैजनाको शव जिल्ला अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

यसै घटनामा गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाइते भएका छन् । यस्तै, माण्डवी गाउँपालिका–२ रातापानीमा चट्याङ लागेर दुई दिदीबहिनी घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । पछिल्ला दिनमा देशका विभिन्न स्थानमा चट्याङसहित वर्षा भइरहेकोले जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न तथा सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.