भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

चीन सीमामा प्रहरीको गस्ती तीव्र, प्रतिनिधि सभा निर्वाचनअघि हुम्लामा सुरक्षा सतर्कता बढ्यो

चीन सीमामा प्रहरीको गस्ती तीव्र, प्रतिनिधि सभा निर्वाचनअघि हुम्लामा सुरक्षा सतर्कता बढ्यो

हुम्ला, १६ फागुन । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल प्रहरीले चीन सीमा क्षेत्रमा गस्ती बढाएको छ ।

चीनसँग जोडिएको नाम्खा गाउँपालिका–६ स्थित लिमी लाप्चा क्षेत्रमा नेपाल प्रहरीको टोलीले पैदल गस्ती सुरू गरेको हो । निर्वाचनको समयमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र सीमावर्ती क्षेत्रको वस्तुस्थिति बुझ्न गस्ती सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार प्रहरी सहायक निरीक्षक मञ्जुल खड्काको कमाण्डमा ७ जनाको टोली नाम्खा गाउँपालिका–५ र ६ मा परिचालित भएको छ । टोलीले सीमावर्ती बस्ती, आवतजावतको अवस्था तथा सुरक्षा व्यवस्थाबारे अनुगमन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काका अनुसार हिल्सा नाका हुँदै प्रहरी टोली लिमी लाप्चा पुगेको हो । निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सीमाक्षेत्रमा निगरानी र गस्तीलाई थप प्रभावकारी बनाइएको उनले बताए ।

सीमावर्ती क्षेत्र संवेदनशील मानिने भएकाले निर्वाचन अवधिभर नियमित गस्ती जारी रहने प्रहरीले जनाएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायबीच समन्वय गर्दै सुरक्षा सतर्कता अझै कडा बनाइने तयारी गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.