भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

फागुन १८ देखि मतदानसम्म काठमाडौंमा रात्रिकालीन व्यवसाय बन्द , प्रशासनको निर्देशन

फागुन १८ देखि मतदानसम्म काठमाडौंमा रात्रिकालीन व्यवसाय बन्द , प्रशासनको निर्देशन

काठमाडौं, १६ फागुन । प्रतिनिधि सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागुन १८ गतेदेखि मतदानको दिन (२१ गते)सम्म रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

प्रशासनले जारी गरेको सूचनाअनुसार उक्त अवधिभर राति ९ बजेपछि कुनै पनि व्यवसाय सञ्चालन गर्न पाइने छैन । निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न र सम्भावित अवाञ्छित गतिविधि रोक्न यो निर्णय गरिएको जनाइएको छ । ‘अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्ने र तत्पश्चात सम्पूर्ण व्यवसायीहरुले बन्द गर्न/गराउन सम्बन्धित सरोकारवालाको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ , सूचनामा उल्लेख छ ।

निर्वाचनलाई स्वच्छ , निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रशासनले सुरक्षा सतर्कता कडा बनाएको जनाएको छ । व्यवसायी तथा सर्वसाधारणलाई सूचनाको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.