भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

निर्वाचन सुरक्षाका कारण काठमाडौंमा राति ९ बजेपछि रात्रि व्यवसाय बन्द गर्न निर्देशन

निर्वाचन सुरक्षाका कारण काठमाडौंमा राति ९ बजेपछि रात्रि व्यवसाय बन्द गर्न निर्देशन

काठमाडौं, १५ फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय सञ्चालनमा समय सीमा तोकेको छ ।

प्रशासनले फागुन १८ गतेदेखि लागू हुने गरी राति ९ बजेपछि सम्पूर्ण व्यवसाय बन्द गर्न निर्देशन दिएको हो । फागुन २१ मा हुने निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार काठमाडौं जिल्लाभित्र सञ्चालन हुने होटल, रेस्टुरेन्टलगायत सबै रात्रिकालीन व्यवसाय अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

कार्यालयका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा निर्वाचन सुरक्षालाई प्राथमिकतामा राख्दै तोकिएको समयसीमा कडाइका साथ पालना गर्न सबै सरोकारवालालाई आग्रह गरिएको छ ।

उक्त व्यवस्था फागुन १८ गतेदेखि अनिवार्य रूपमा लागू हुने प्रशासनले स्पष्ट पारेको छ ।

 


Thali Mobile Pvt.Ltd.