भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

भिजिबिलिटीको कारणले उडान र अवतरणमा आइरहने अवरोध हट्ने

भिजिबिलिटीको कारणले उडान र अवतरणमा आइरहने अवरोध हट्ने

काठमाण्डौ । आरएनपी एआर प्रणाली गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान हुने भएको छ । भिजिबिलिटीको समस्या भोगिरहेको उक्त विमानस्थलमा आईएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिएपछि आरएनपी एआर प्रणाली जडान हुने भएको हो ।

माघ १० गतेदेखि आरएनपी–एआर प्रणाली शुरू हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आरएनपी–एआर प्रणालीको सहायताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा न्यूनतम आठ सय मिटरको भिजिबिलिटीमा जहाजहरु सहजरुपमा उडान र अवतरण हुनसक्ने प्राधिकरणले जनाएको छ ।

विश्वका धेरै देशका विमानस्थलहरुमा र वायुसेवामा प्रयोग भइसकेको यो प्रणाली भू–उपग्रहमा आधारित हुन्छ । उपकरणमा आधारित उडान अवतरण प्रणाली (आईएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर भनेर चिनिने प्रविधि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आरएनपी–एआर प्रणालीले ११ सय मिटरको न्यूनतम भिजिबिलिटिमा काम गर्छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आठ सय मिटरको भिजिबिलिटिमा काम गर्ने प्राधिकरणले जनाएको छ । भू–उपग्रहमा आधारित हुने यो प्रणालीले भिजिबिलिटीको कारणले उडान र अवतरणमा आइरहने अवरोध हटाउने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.