भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्त

आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्त

काठमाडौं । बेरिल नामको आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्त भएका छन् । सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनेडिन्सको एक भागको रूपमा रहेको युनियन टापुमा रहेका सबैजसो घर क्षतिग्रस्स्त भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अहिले टापु पुरै घरविहीन भएको बीबीसीको खबरमा उल्लेख छ । घर भत्किएपछि सडक अवरुद्ध भएका छन् । बिजुलीका पोल पनि सडकमा ढलेका छन् । सबैथोक हराएको र आफू बस्ने ठाउँ नै नभएको स्थानीयवासीले बताएका छन् ।

घरहरू भत्किए पनि युनियन टापुमा मानवीय क्षति भएको विवरण आएको छैन । त्यही आँधीका कारण भेनेजुएलामा भने कम्तीमा सात जनाको ज्यान गएको समाचार संस्था सीएनएनले जनाएको छ ।

बेरिल आँधी युनियन टापुमा सन् १९८५ पछि आएको सबैभन्दा ठूलो आँधी हो । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.