भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

शीतलहरले दाउन्ने सडकखण्ड चिप्लो र हिलाम्मे, करिब १५ सय सवारी जाममा

शीतलहरले दाउन्ने सडकखण्ड चिप्लो र हिलाम्मे, करिब १५ सय सवारी जाममा

नवलपरासी, १६ पुष । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा सोमबार बिहानदेखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन। केही दिनदेखि जारी शीतलहरका कारण सडक चिप्लो तथा हिलाम्मे बनेपछि यातायात व्यवस्था प्रभावित भएको हो।

दाउन्नेस्थित खुर्सानी खोलाको आसपास सडक अत्यधिक चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न नसक्ने र चिप्लिने समस्या देखिएको छ। यस कारण सोमबार बिहानदेखि नै राजमार्गमा सवारी जामको स्थिति सिर्जना भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीका अनुसार सवारीसाधनको जाम विस्तारै हटाउने प्रयास भइरहेको छ। बाक्लो हुस्सु र चिप्लो सडकले सवारी सञ्चालनमा थप कठिनाइ उत्पन्न गरेको उनले बताए।

जोशीका अनुसार दाउन्नेबाट दुम्कीबास जङ्गल क्षेत्रसम्म करिब एक हजार पाँच सय सवारीसाधन जाममा फसेका छन्। यात्रुहरू लामो समयदेखि सडकमै अलपत्र परेका छन्।

यसैबीच, नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका सूचना अधिकारी ई. विकास खनालले निर्माणाधीन क्षेत्रमा शीतलहरको प्रभाव अझ बढिरहेको जानकारी दिए। मौसम अनुकूल नभएकाले सडक खुलाउन कठिनाइ भइरहेको उनको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.