भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

भतिजाको कुटपिटबाट काकाको मृत्यु

भतिजाको कुटपिटबाट काकाको मृत्यु

सल्यान । सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु भएको छ । शारदा नगरपालिका -६ बरला घर भएका ३१ वर्षका डनराज बिष्टले कुटपिट गर्दा गम्भीर घाइते भएका काका ४६ वर्षका घनश्याम बिष्टको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार डनराज बिष्टले काका घनश्याम बिष्टलाई जेठ ४ गते राति मदिरा सेवन गरी घर नजिकै कुटपिट गरेका थिए । गम्भीर घाइते भएका घनश्यामलाई आफन्तले तत्काल उपचारको लागि नेपालगन्ज मेडिकल कलेज लगेका थिए । डाक्टरले उपचार हुदैन लैजानुस् भनेपछि आफन्तले घर ल्याउँदा बाटैमा उनको मृत्यु भएको हो । प्रहरीले डनराजलाई पक्राउ गरेको डिएसपी कार्कीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.