भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भतिजाको कुटपिटबाट काकाको मृत्यु

भतिजाको कुटपिटबाट काकाको मृत्यु

सल्यान । सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु भएको छ । शारदा नगरपालिका -६ बरला घर भएका ३१ वर्षका डनराज बिष्टले कुटपिट गर्दा गम्भीर घाइते भएका काका ४६ वर्षका घनश्याम बिष्टको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार डनराज बिष्टले काका घनश्याम बिष्टलाई जेठ ४ गते राति मदिरा सेवन गरी घर नजिकै कुटपिट गरेका थिए । गम्भीर घाइते भएका घनश्यामलाई आफन्तले तत्काल उपचारको लागि नेपालगन्ज मेडिकल कलेज लगेका थिए । डाक्टरले उपचार हुदैन लैजानुस् भनेपछि आफन्तले घर ल्याउँदा बाटैमा उनको मृत्यु भएको हो । प्रहरीले डनराजलाई पक्राउ गरेको डिएसपी कार्कीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.