भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

आईएमईको चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघ्यो

आईएमईको चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघ्यो

काठमाण्डौ । आईएमई र जीएमई रेमिटले एकीकृत कारोबारको संयुक्त रूपमा शुभारम्भ गरेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आईएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले संयुक्त रुपमा एकीकृत कारोबार सुरु गरेका हुन ।

आईइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सको आकार बढेको, डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भएकाले रेमिट्यान्स कम्पनीको क्षेत्राधिकार विस्तारमा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने विश्वास रहेको बताए ।

मर्जरपछि बनेको आईएमईको चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघेको छ । एकीकृत कारोबारको शुभारम्भ गर्दै डेपुटी गभर्नर मिश्रले राष्ट्र बैंकको प्राथमिकता बमोजिम औपचारिक अर्थतन्त्र निर्माणमा आईएमई रेमिट्यान्सको योगदान सशक्त रहेको बताउनुभयो । रेमिट्यान्स सेवालाई सहज एवम् थप प्रविधियुक्त र सुलभ बनाउन पनि मर्जरले योगदान दिने बताए ।

 

 


Thali Mobile Pvt.Ltd.