भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

दिल्लीमा भारी वर्षाले चार तले भवन भत्कियो, ४ जनाको ज्यान गयो

दिल्लीमा भारी वर्षाले चार तले भवन भत्कियो, ४ जनाको ज्यान गयो

एजेन्सी, ६ वैशाख । भारतको राजधानी नयाँ दिल्लीको मुस्तफावाद क्षेत्रमा शनिबार बिहान भीषण दुर्घटना भएको छ । बिहान करिब २:३० बजे आएको भारी वर्षा र आँधीका कारण चार तले भवन भत्किँदा कम्तीमा चार जनाको ज्यान गएको पुष्टि भएको छ ।

उक्त भवनको भग्नावशेषमा अझै पनि १० जनाभन्दा बढी मानिस फसेको आशंका गरिएको छ। घटनास्थलमा राष्ट्रिय आपदा मोचन बल (NDRF) र दिल्ली प्रहरीको टोली पुगेर उद्दार कार्य तीव्र पारिएको छ । डिभिजनल अग्नि नियन्त्रक राजेन्द्र अटवालले बिहान करिब २:५० बजे दुर्घटनाको जानकारी प्राप्त भएको र तुरुन्तै उद्दार टोली परिचालन गरिएको जानकारी दिए । “हामी घटनास्थलमा पुगेपछि चार तले भवन पूर्णरूपमा भत्किएको र मानिसहरू भग्नावशेषमा फसेको देख्यौँ,” उनले भने, “प्रहरीको सहयोगमा उद्धार कार्य अघि बढाइएको छ।”

शुक्रबार रातिको मौसम परिवर्तनपछि दिल्लीका धेरै भागमा क्षति पुगेको जनाइएको छ। तेज वर्षा र आँधीबेहरीकै कारण मुस्तफावादस्थित भवन भत्किएको प्रारम्भिक अनुमान गरिएको छ।

अधिकारिहरूका अनुसार उद्धार कार्य जारी छ र घाइतेहरूको अवस्था तथा थप क्षतिका विवरण संकलन भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.