भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

चुनावको मुखमा सिंगापुर पुगे शेरबहादुर देउवा दम्पत्ति, मतदानमा सहभागी नहुने संकेत

चुनावको मुखमा सिंगापुर पुगे शेरबहादुर देउवा दम्पत्ति, मतदानमा सहभागी नहुने संकेत

काठमाडौं, १४ फागुन । चुनावको सरगर्मी चलिरहेका बेला शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । विमानस्थल स्रोतका अनुसार उनी गएराति १२ बजे Singapore Airlines को विमानबाट उडेका हुन् ।

प्रहरी स्रोतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनको प्रस्थान पुष्टि गरेको छ । उनकी पत्नी आरजु राणा देउवा भने तीन दिनअघि नै सिंगापुर पुगेकी थिइन् । राजनीतिक रूपमा भने देउवा पछिल्लो समय अन्योलमा देखिएका थिए । नेपाली कांग्रेस विशेष महाधिवेशनपछि नेतृत्व गगन थापाको हातमा गएपछि उनी सक्रिय भूमिकामा देखिएका थिएनन् । गृहजिल्ला डडेलधुराका समर्थकहरूले मतदान गर्न भए पनि आउने अपेक्षा गरेका थिए तर अहिले त्यो सम्भावना समाप्त भएको बताइन्छ ।

सभापति थापाले टिकट नदिएपछि देउवा निर्वाचन प्रक्रियाबाट बाहिरिएका हुन् । साथै पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उनी थप असमञ्जसमा रहेको निकट स्रोतहरू बताउँछन् ।

यद्यपि थापा पक्षीय नेताहरूले देउवासँग सहकार्यको प्रयास भने जारी राखेको जनाइएको छ । २०४८ सालदेखि लगातार सात पटक डडेलधुराबाट चुनाव जितेका देउवा यस पटक भने निर्वाचनमा सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले भने पूर्वसभापति सिंगापुर गएको विषयमा आफूहरूलाई औपचारिक जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

यसअघि पनि स्वास्थ्य उपचारकै क्रममा देउवा दम्पत्ति सिंगापुर गएका थिए र करिब १८ दिनपछि स्वदेश फर्किएका थिए ।

 


Thali Mobile Pvt.Ltd.