भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

भेनेजुएलाबाट ८० मिलियन ब्यारेल तेल लिएको ट्रम्पको दाबी, तथ्यांकले उठायो प्रश्न

भेनेजुएलाबाट ८० मिलियन ब्यारेल तेल लिएको ट्रम्पको दाबी, तथ्यांकले उठायो प्रश्न

एजेन्सी । डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो कंग्रेस सम्बोधनका क्रममा अमेरिकाले भेनेजुएलाबाट ८० मिलियनभन्दा बढी ब्यारेल तेल प्राप्त गरेको दाबी गरेका छन् । उनले उक्त उपलब्धिलाई ऊर्जा क्षेत्रमा ठूलो सफलता भन्दै भेनेजुएलालाई नयाँ साझेदारका रूपमा प्रस्तुत गरेका थिए ।

ट्रम्पले सम्बोधनका क्रममा अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले बढेको समेत बताएका छन् । उनका अनुसार अमेरिकाले ऊर्जा क्षेत्रमा आत्मनिर्भरता अझ बलियो बनाएको छ ।

उनले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई जनवरीमा अमेरिकी सेनाले नियन्त्रणमा लिएपछि दुई देशबीचको ऊर्जा सहकार्य सम्भव भएको संकेत दिएका थिए । तर यस्तो दाबीबारे स्वतन्त्र अन्तर्राष्ट्रिय स्रोतबाट पुष्टि भएको ठोस प्रमाण सार्वजनिक भएको छैन ।

उपलब्ध केही जहाज ट्र्याकिङ तथ्यांकहरूले भने जनवरीपछि भेनेजुएलाबाट कुल तेल निर्यात करिब ३० मिलियन ब्यारेल मात्र देखिएको उल्लेख गरेका छन् । यसले ट्रम्पको ८० मिलियन ब्यारेल दाबीमाथि प्रश्न उठाएको विश्लेषकहरूको भनाइ छ ।

ट्रम्प प्रशासनले भने अमेरिकी कम्पनीहरूले भेनेजुएलाको तेल उद्योग पुनरुत्थान गर्न सहयोग गरिरहेको दाबी गरेको छ ।

यो विषयले अन्तर्राष्ट्रिय ऊर्जा बजार र अमेरिका–भेनेजुएला सम्बन्धबारे नयाँ बहस सुरु गराएको छ । विशेषज्ञहरूका अनुसार यस्तो दाबी सत्य भए विश्व ऊर्जा सन्तुलनमै प्रभाव पर्न सक्छ, तर पुष्टि नभएसम्म यसलाई राजनीतिक वक्तव्यकै रूपमा हेर्नुपर्ने विश्लेषण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.