भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

ओझेलमा ताप्लेजुङको ढङ्ढङे झरना

ओझेलमा ताप्लेजुङको ढङ्ढङे झरना

फुङ्लिङ, २३ असार । ताप्लेजुङको सिदिङ्बा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङे झरनाको आवाज बाजाको ताल जस्तो लाग्छ। यही विशेषताका कारण यस झरनालाई स्थानीयले ‘ढङ्ढङे’ नाम दिएका हुन, जहाँ जलको बहाव र चट्टानको सङ्घर्ष सङ्गीत बनिन्छ।

स्थानीय असलबहादुर राई भन्छन्, ‘पहिला त फावाखोला भन्ने गरिन्थ्यो, अहिले ढङ्ढङे भनेर चिनिन्छ। बाजाबजाए जस्तो आवाज आउँछ।’ ढङ्ढङे झरनाको प्राकृतिक सुन्दरता यति अद्वितीय छ, कि एक पटक पुग्ने जो कोहीको स्मृतिमा अमिट रूपमा बस्छ।

पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको सङ्ख्या विस्तारै बढ्दै गएको छ। स्थानीय अब बाह्यपर्यटक पनि आकर्षित हुने आशामा छन्। स्थानीय सम्भावनाको ढोका खुल्ने अपेक्षामा बसेका छन्। झरनामा पुग्ने आन्तरिक पर्यटकको अनुभव विशेष हुन्छ।

दृश्य सुन्दर मात्र होइन, आत्मामा शान्ति दिने किसिमको अनुभूति उहाँहरूले व्यक्त गरेका छन्। ‘नाम सामान्य लाग्यो तर दृश्य हेर्दा मनोरम लाग्यो। यस्तो प्राकृतिक उपहार देख्दा मन रमायो’, झरना हेर्न आइपुगेकी पर्यटक सहारा लिम्बूले भनिन्।

झरनालाई पर्यटकीय क्षेत्र बनाउका लागि स्थानीय सरकार पनि सक्रिय देखिन्छ। झरनासम्म पुग्न ढुङ्गाका गोरेटो बाटा बनाइएका छन्, होमस्टे निर्माणको तयारी भइरहेको छ। आगामी नीति तथा कार्यक्रममा ढङ्ढङे झरनालाई विशेष प्राथमिकता दिइएको सिदिङ्वा गाउँपालिका उपाध्यक्ष बन्दना कडरियाले बताए।

जिल्ला सदरमुकाम फुङ्लिङ बजारदेखि पाँचथरको गणेश चोक हुँदै करिब तीन घण्टामा साब्लाखु भञ्ज्याङ पुग्न सकिन्छ। साब्लाखुदेखि करिब ४० मिनेटपछि ढङ्ढङे झरनासम्म पुगिन्छ।

झरनासम्म नै सहजरूपमा मोटर बाटो विस्तार भएकाले सवारीसाधन सहजरूपमा झरनासम्म पुग्दै आएको छ। ताप्लेजुङ, जहाँ प्रत्येक पहाडको ढिस्को र खोल्साको गर्जनमा पर्यटकीय सम्भावनाको ध्वनि लुकेको छ। रासस

 


Thali Mobile Pvt.Ltd.