भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

तराईका केही ठाउँमा आज दिनभर हुस्सु लाग्ने, गण्डकी–कर्णाली–सुदूरपश्चिममा मौसम आंशिक बदली

काठमाण्डौ, १२ पुष । तराईका केही ठाउँमा आज दिनभर हुस्सु लाग्ने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रमा अहिले बिहानदेखि नै हुस्सु तथा कुहिरो लागेको छ।

महाशाखाका अनुसार दिउँसो पनि तराईमा हुस्सुको प्रभाव कायमै रहनेछ। हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

पुस लागेसँगै बढ्दै गएको चिसोले विशेषगरी तराई तथा मधेश क्षेत्रमा जनजीवन प्रभावित बनाएको छ। चिसोका कारण दैनिक जनजीवनसँगै पशुचौपाया र कृषि बालीमा समेत असर परेको छ। काठमाण्डौ उपत्यकासहित देशका अन्य धेरै ठाउँमा पनि चिसो बढ्दो क्रममा रहेको छ।

महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो बिहान पौने ६ बजे न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा पछि पौने ९ बजे घटेर ५ डिग्री सेल्सियसमा झरेको थियो।

चिसो र हुस्सुका कारण स्वास्थ्य, यातायात तथा दैनिक गतिविधिमा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.