भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

नागरिकतासम्बन्धी जलिटता समाधान गर्न सरकार प्रयासरत छः गृहमन्त्री लामिछाने

नागरिकतासम्बन्धी जलिटता समाधान गर्न सरकार प्रयासरत छः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नागरिकता प्राप्तिमा देखिएका जलिटता समाधान गर्न सरकारले कोशिश गरिरहेको बताएका छन् । गृहमन्त्रालयले आज काठमाडौंमा आयोजना गरेको ‘नागरिकता र नागरिकतासँग सम्बन्धित विषयवस्तुमाथिको छलफल’ कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताइका हुन् ।

उनले नागरिकता प्राप्तिसम्बन्धी नागरिकको संवैधानिक अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयासरत रहेको बताए । कानुनले वर्जित गरेकाबाहेक संविधान, प्रचलित कानुन र विधिबाट नागरिकता प्राप्त गर्न सक्ने नागरिकको अधिकारलाई सङ्कुचित नभई संरक्षण र सहज गर्न गृह मन्त्रालयले सहजीकरण गर्दै आएको गृहमन्त्री लामिछानेको भनाइ छ ।

नागरिकता प्राप्तिसँग जोडिएका जटिलतालाई फुकाउन कार्यविधि बनाउने काम भइरहेको उनले जानकारी गराए ।

 


Thali Mobile Pvt.Ltd.