भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै

गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै

काठमाडौँ, १३ बैशाख । काठमाडौँ महानगरपालिका वडा–९ अन्तर्गत बागमती नदी किनारामा रहेको गैह्रीगाउँको सुकुम्बासी बस्तीमा डोजर र स्काभेटर प्रयोग गरी घरटहरा भत्काउने काम शुरु गरिएको छ।

यसअघि सरकारले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर टहरा हटाएको थियो। सोही अभियानअन्तर्गत प्रहरीसहितको टोली थापाथलीबाट गैह्रीगाउँ पुगेको हो। गैह्रीगाउँ क्षेत्रमा थापाथलीको तुलनामा ठूला तथा पक्की घरसहितको बस्ती रहेको बताइएको छ।

बस्ती हटाउने क्रममा काठमाडौँ महानगरपालिकाबाट २ वटा र सडक विभागबाट ४ वटा गरी जम्मा ६ वटा डोजर तथा स्काभेटर प्रयोग गरिएको छ। सरकारले बागमती नदी किनारामा रहेका अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिएको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.