भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

कानुन विपरित शिक्षक सरुवा

कानुन विपरित शिक्षक सरुवा

स्याङ्जा । वालिङ नगरपालिकाले दुई शिक्षक सरुवा गर्दा कानुन विपरीत गरेको पाइएको छ । शिक्षक सरुवासम्वन्धी निर्देशिका २०८१ र स्थानीय सरकार शिक्षा ऐन विपरीत दुई शिक्षक सरुवा गरिएको हो ।

शिक्षक सरुवा गर्दा दरबन्दी मिलान बाहेक अन्य प्रक्रियामा सरुवा गर्दा दुवै विद्यालयको व्यवस्थापन समितिको सहमति आवश्यक रहने व्यवस्था ऐनमा छ । तर वालिङ नगर शिक्षा समितिले दुई शिक्षकलाई सरुवा गरेर मिलान गर्दा कुनै पनि विधि नअपनाउदा विवाद भएको छ ।

वालिङ नगर शिक्षा समितिको असोज १३ गते बसेको बैठकले वालिङ १ स्थित रणविर जनहित माध्यमिक विद्यालय र वालिङ ५ स्थित महेन्द्र माध्यमिक विद्यालयका तृतिय श्रेणीका माध्यमिक अंग्रेजी शिक्षकलाई सरुवा गरेको थियो ।

रणविर जनहित माविका अंग्रेजी शिक्षक कमलराज लम्साललाई महेन्द्र माविमा र महेन्द्र माविका अंग्रेजी शिक्षक अर्जुनप्रसाद पोख्रेललाई रणविर माविमा सरुवा गरिएको थियो । महेन्द्र माविले शिक्षक पठाउन र लैजानका लागि विद्यालय व्यवस्थापन समितिले निर्णय नै गरेको छ भने रणविर जनहित माविले भने व्यवस्थापन समितिको निर्णय नै नगरी सरुवाको अनुमति दिएको हो ।

यसले गर्दा रणविर जनहित माविका विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले सहमति नै नगराई गरिएको निर्णय नमान्ने जनाएपछि अहिले विवाद भएको छ ।

 


Thali Mobile Pvt.Ltd.