भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कानुन विपरित शिक्षक सरुवा

कानुन विपरित शिक्षक सरुवा

स्याङ्जा । वालिङ नगरपालिकाले दुई शिक्षक सरुवा गर्दा कानुन विपरीत गरेको पाइएको छ । शिक्षक सरुवासम्वन्धी निर्देशिका २०८१ र स्थानीय सरकार शिक्षा ऐन विपरीत दुई शिक्षक सरुवा गरिएको हो ।

शिक्षक सरुवा गर्दा दरबन्दी मिलान बाहेक अन्य प्रक्रियामा सरुवा गर्दा दुवै विद्यालयको व्यवस्थापन समितिको सहमति आवश्यक रहने व्यवस्था ऐनमा छ । तर वालिङ नगर शिक्षा समितिले दुई शिक्षकलाई सरुवा गरेर मिलान गर्दा कुनै पनि विधि नअपनाउदा विवाद भएको छ ।

वालिङ नगर शिक्षा समितिको असोज १३ गते बसेको बैठकले वालिङ १ स्थित रणविर जनहित माध्यमिक विद्यालय र वालिङ ५ स्थित महेन्द्र माध्यमिक विद्यालयका तृतिय श्रेणीका माध्यमिक अंग्रेजी शिक्षकलाई सरुवा गरेको थियो ।

रणविर जनहित माविका अंग्रेजी शिक्षक कमलराज लम्साललाई महेन्द्र माविमा र महेन्द्र माविका अंग्रेजी शिक्षक अर्जुनप्रसाद पोख्रेललाई रणविर माविमा सरुवा गरिएको थियो । महेन्द्र माविले शिक्षक पठाउन र लैजानका लागि विद्यालय व्यवस्थापन समितिले निर्णय नै गरेको छ भने रणविर जनहित माविले भने व्यवस्थापन समितिको निर्णय नै नगरी सरुवाको अनुमति दिएको हो ।

यसले गर्दा रणविर जनहित माविका विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले सहमति नै नगराई गरिएको निर्णय नमान्ने जनाएपछि अहिले विवाद भएको छ ।

 


Thali Mobile Pvt.Ltd.