भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु–कुहिरो

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु–कुहिरो

काठमाण्डौ, २२ पुष ।  आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । यी चार प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा भने धेरैजसो स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । निरन्तरको हुस्सु र कुहिरोका कारण तराईको जनजीवन प्रभावित हुँदै आएको छ । चिसो बढेसँगै विपन्न वर्ग र दैनिक मजदुरी गर्नेहरू बढी मर्कामा परेका छन् भने बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बिरामी पर्ने क्रम पनि बढेको छ ।

झापा, रौतहट, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायत तराईका विभिन्न जिल्लामा बाक्लो कुहिरोका कारण आवागमन, स्वास्थ्य सेवा र दैनिक गतिविधिमा असर परेको छ । केही स्थानीय तहले दाउरा र कम्बल वितरण गरे पनि राहत पर्याप्त नभएको स्थानीयको गुनासो छ ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपात तथा तराईमा हुस्सु–कुहिरो कायम रहँदा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

यसैबीच आज काठमाण्डौ उपत्यकामा चिसो थप बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.