भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी

होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी

तेहरान,२३ असार । ओमानको तट नजिक रहेको होर्मुज जलडमरूमध्यमा यात्रा गरिरहेको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको एक ट्याङ्करमाथि प्रक्षेप्य आक्रमण भएको छ। आक्रमणपछि ट्याङ्करमा आगलागी भएको बेलायतको सेनाले जनाएको छ।

बेलायतको यूके म्यारिटाइम ट्रेड अपरेसन्स (UKMTO) का अनुसार मंगलबार बिहान ओमानको लिमाह क्षेत्रनजिक गल्फ अफ ओमानतर्फ गइरहेको ट्याङ्करको बायाँ भागमा प्रक्षेप्य लागेपछि आगलागी भएको हो।

इरानी सरकारी टेलिभिजनले भने उक्त एलएनजी ट्याङ्करले इरानको चेतावनी बेवास्ता गरेपछि आक्रमणमा परेको दाबी गरेको छ। यद्यपि, इरानले घटनाको जिम्मेवारी औपचारिक रूपमा स्वीकार गरेको छैन।

इरानले यसअघि पनि होर्मुज जलडमरूमध्यमा आफूले स्वीकृत गरेको समुद्री मार्ग प्रयोग गर्नुपर्ने चेतावनी दिँदै आएको छ। ओमानको तटनजिकको वैकल्पिक मार्ग प्रयोग गर्ने जहाजहरू लक्षित आक्रमणको जोखिममा रहेको आशंका पनि व्यक्त हुँदै आएको छ।

अमेरिका–इजरायल र इरानबीच तनाव बढ्नुअघि विश्वमा खपत हुने करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही जलमार्गबाट ओसारपसार हुने गरेको थियो। त्यसैले होर्मुज जलडमरूमध्यमा हुने यस्ता घटनाले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र समुद्री सुरक्षाप्रति थप चिन्ता बढाएको छ।

 


Thali Mobile Pvt.Ltd.