भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

इरानको १४ बुँदे शान्ति प्रस्ताव, ट्रम्प अझै असन्तुष्ट

इरानको १४ बुँदे शान्ति प्रस्ताव, ट्रम्प अझै असन्तुष्ट

काठमाडौँ, २० बैशाख । इरानले जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित १४ बुँदे नयाँ प्रस्ताव सार्वजनिक गरेको छ। इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) निकट तस्निम समाचार एजेन्सीका अनुसार प्रस्ताव पाकिस्तानी मध्यस्थकर्तामार्फत पठाइएको हो, जसमा लेबनानसहित विभिन्न मोर्चामा युद्ध अन्त्य गर्न आह्वान गरिएको छ।

इरानले अमेरिकाको ९ बुँदे प्रस्तावको जवाफ दिँदै सैन्य आक्रमण नगर्ने ग्यारेन्टी, इरान वरपरबाट अमेरिकी सेना फिर्ता, रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा तथा आर्थिक प्रतिबन्ध हटाउनुपर्ने सर्त अघि सारेको छ। यस प्रस्तावबारे प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले आफू योजना प्रति विश्वस्त नरहेको संकेत गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत उनले प्रस्तावको समीक्षा गर्ने बताए पनि त्यसलाई स्वीकार गर्न कठिन हुने धारणा व्यक्त गरेका छन्।

फ्लोरिडामा एयर फोर्स वान चढ्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सम्झौताको विस्तृत अध्ययन गर्ने बताए। तर उनले इरानको प्रस्तावप्रति सन्तुष्टि नरहेको स्पष्ट पारे। युद्धविरामको समयसीमामा पनि दुवै देशबीच मतभेद देखिएको छ। अमेरिकाले दुई महिनाको समय प्रस्ताव गरेको भए पनि इरानले ३० दिनभित्रै समाधान खोज्नुपर्ने अडान लिएको छ। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले प्रस्ताव स्थायी शान्ति स्थापनातर्फ लक्षित रहेको दाबी गरेका छन्।

इरानी पक्षले होर्मुज जलमार्गमा नयाँ संयन्त्र लागू गर्ने तथा शत्रु राष्ट्रका जहाजमाथि प्रतिबन्ध लगाउने कानुनी तयारी भइरहेको जनाएको छ। यसैबीच, क्षेत्रमा तनाव भने अझै कायम छ। अमेरिकाले मध्यपूर्वका सहयोगी राष्ट्रहरूलाई ८ अर्ब डलर बराबरको हतियार बिक्री प्रक्रिया तीव्र बनाएको छ।

लेबनानमा औपचारिक युद्धविराम घोषणा भए पनि हिजबुल्लाह र इजरायली सेनाबीच झडप जारी छ। यस परिस्थितिमा इरानको प्रस्तावले शान्ति प्रक्रियालाई गति दिने वा द्वन्द्व थप चर्काउने भन्ने कुरा अब वासिङ्टनको निर्णयमा निर्भर रहने देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.