भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आज देशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षा

आज देशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षा

काठमाडौं, २० बैशाख । आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित वर्षा हुने सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

महाशाखाले देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशसहित कोशी प्रदेश को तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। साथै अन्य तराई भू–भागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलुम्बिनी प्रदेश का केही स्थानमा तथा कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश का थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।

विशेषगरी लुम्बिनी प्रदेश को पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।प्रतिकूल मौसमका कारण जनजीवन, कृषि, यातायात तथा दैनिक गतिविधिमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.