भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा, तुइन खोलाको पहिरो पन्छाइयो

नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा, तुइन खोलाको पहिरो पन्छाइयो

काठमाडौँ, २० बैशाख । नारायणगढ–मुग्लिन सडक अन्तर्गत चितवनको तुइन खोलामा खसेको पहिरो पन्छाएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ।

आज बिहान ढुङ्गासहितको पहिरो खस्दा सडक अवरुद्ध भई एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको थियो। तर सम्बन्धित निकायले पहिरो हटाएपछि अहिले सडक दुवैतर्फी रूपमा सञ्चालनमा आएको हो।

इलाका प्रहरी कार्यालय मुग्लिन का अनुसार पहिरो पन्छाउने कार्य सम्पन्न भएसँगै सवारी आवतजावत सहज बनेको छ। यस सडकखण्ड देशकै प्रमुख राजमार्गमध्ये एक भएकाले अवरोध हुँदा यात्रु र ढुवानी सेवामा समस्या उत्पन्न भएको थियो। अहिले भने स्थिति सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.