भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

भारतको जम्मू कश्मीरमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

भारतको जम्मू कश्मीरमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

काठमाण्डौ, ३० साउन । भारतको जम्मू कश्मीरको किश्तवाड क्षेत्रमा आरीघोप्टे वर्षापछि आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ।

बीबीसी हिन्दीका अनुसार, मृतकमध्ये ३५ जनाको शव अस्पताल पुर्याइएको छ, जसमा ११ जनाको मात्र पहिचान भएको छ। बाढीमा परी १ सयभन्दा बढी घाइते भएका छन् भने मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

घाइतेमध्ये ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। उद्धार कार्यका लागि ६०–६० जनाका पाँच समूह बनाएर सुरक्षाकर्मीहरू परिचालित छन्।

यो घटना हिजो बिहान करिब साढे ११ बजे किश्तवाडको चाशोती क्षेत्रमा तीव्र वर्षापछि आएको आकस्मिक बाढीका कारण भएको हो।

 


Thali Mobile Pvt.Ltd.