भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

भारतको जम्मू कश्मीरमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

भारतको जम्मू कश्मीरमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

काठमाण्डौ, ३० साउन । भारतको जम्मू कश्मीरको किश्तवाड क्षेत्रमा आरीघोप्टे वर्षापछि आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ।

बीबीसी हिन्दीका अनुसार, मृतकमध्ये ३५ जनाको शव अस्पताल पुर्याइएको छ, जसमा ११ जनाको मात्र पहिचान भएको छ। बाढीमा परी १ सयभन्दा बढी घाइते भएका छन् भने मृतक सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

घाइतेमध्ये ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। उद्धार कार्यका लागि ६०–६० जनाका पाँच समूह बनाएर सुरक्षाकर्मीहरू परिचालित छन्।

यो घटना हिजो बिहान करिब साढे ११ बजे किश्तवाडको चाशोती क्षेत्रमा तीव्र वर्षापछि आएको आकस्मिक बाढीका कारण भएको हो।

 


Thali Mobile Pvt.Ltd.