भर्खरै : Sorry, your browser does not support inline SVG.

जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन्

जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन्

दाङ, २४ असाेज । जङ्गली च्याउ खाँदा दाङमा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–१ वनघुस्री निवासी लक्ष्मी माझीको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार जङ्गली च्याउ खाएपछि लक्ष्मीसहित उनकी आमा २६ वर्षीया सुमित्रा माझी बिरामी परेका थिए ।

बिरामी परेका दुवै जनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बालिका लक्ष्मीलाई लमही अस्पताल ल्याइएको थियो ।

लमही अस्पतालमा उपचारकै क्रममा गएराति चिकित्सकले लक्ष्मीलाई मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो । बालिकाकी आमा सुमित्रा भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.