भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

१७ देशका राजदूतहरूबारे आज निर्णय हुने

१७ देशका राजदूतहरूबारे आज निर्णय हुने

काठमाडौं । सरकारले १७ देशका लागि प्रस्ताव गरेको राजदूतहरूको अनुमोदन आज गरिँदै छ । संसदीय सुनुवाइ समितिले शुक्रवार प्रस्तावित नेपाली राजदूतको सुनुवाइ पूरा गरेपछि आजको समितिको बैठकले प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्न लागेको हो ।

गत साउन १४ गते १८ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो । तीमध्ये एकजनाको नाम सरकारले फिर्ता लिएपछि १७ जनाको नाममा सुनुवाई भएको हो । सरकारले भारतका लागि डा शंकर शर्मा, चीनका लागि प्राडा कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे,

दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाङ्फे, इजरायलका लागि धनप्रसाद पण्डित, श्रीलङ्का लागि रामकृष्ण भट्टराई, पाकिस्तानका लागि रीता धिताल, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, जर्मनीका लागि डा शैल रुपाखेती,

रुसका लागि जंगबहादुर चौहान, कतारका लागि रमेशचन्द्र पौडेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि डा नेत्रप्रसाद तिमिल्सिना र पोर्चुगलका लागि प्रकाशमणि पोखरेललाई राजूतमा सिफारिस गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.