भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

काठमाडौंमा सार्वजनिक स्थानमा भेला भएर होली मनाउन निषेध, मदिरा बिक्री–वितरणमा पनि रोक

काठमाडौंमा सार्वजनिक स्थानमा भेला भएर होली मनाउन निषेध, मदिरा बिक्री–वितरणमा पनि रोक

काठमाडौं, १५ फागुन । फागुन १८ गते मनाइने फागु पूर्णिमा (होली) का अवसरमा काठमाडौंमा सार्वजनिक स्थान र खुला सडकमा भेला भएर होली मनाउन निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको जनाएको हो । प्रशासनले घरको कम्पाउन्डभित्र मात्रै मर्यादित रूपमा होली मनाउन आग्रह गरेको छ । यसअघि ठमेल, दरबारमार्ग र वसन्तपुरलगायत क्षेत्रमा मञ्च बनाएर साङ्गीतिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिइने गरे पनि यस वर्ष त्यस्ता कार्यक्रम गर्न नपाइने सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिएका छन् ।

प्रशासनले होलीका दिन मादक पदार्थ सेवन तथा बिक्री–वितरणमा समेत रोक लगाएको छ । त्यस्तै, होली खेल्ने क्रममा राजनीतिक दलका चुनाव चिन्ह तथा उम्मेदवारका तस्बिर अंकित भेष्ट, टिसर्ट, कमिज र गम्छाजस्ता सामग्री प्रयोग गर्न पनि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

निर्वाचन नजिकिँदै गर्दा सुरक्षा सतर्कता अपनाउँदै प्रशासनले नियम उल्लंघन नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.