भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

निर्वाचन नजिकिँदै गर्दा काठमाडौंमा सवारी व्यवस्थापनमा खटिए निर्वाचन प्रहरी (तस्बिरसहित)

निर्वाचन नजिकिँदै गर्दा काठमाडौंमा सवारी व्यवस्थापनमा खटिए निर्वाचन प्रहरी (तस्बिरसहित)

काठमाडौं, १५ फागुन । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा सवारी चाप बढेको छ । नियमित ट्राफिक प्रहरीलाई निर्वाचन सुरक्षाका लागि उपत्यकाबाहिर खटाइएपछि राजधानीका विभिन्न चोक–चोकमा ट्राफिक व्यवस्थापनमा केही कठिनाइ देखिएको छ ।

बढ्दो जामलाई नियन्त्रण गर्न अहिले निर्वाचन प्रहरीसमेत सडकमा खटिएका छन् । उनीहरूले सवारी अनुशासन कायम गराउने, जाम खुलाउने तथा यात्रुलाई सहज आवागमन गराउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार निर्वाचन नजिकिएसँगै केही ट्राफिक प्रहरीलाई उपत्यकाबाहिर पठाइएकाले यहाँ जनशक्ति अभाव देखिएको हो । सोही कारण जाम बढेका स्थानमा निर्वाचन प्रहरीलाई पनि ट्राफिक व्यवस्थापनमा परिचालन गरिएको उनले बताए ।

निर्वाचन सुरक्षासँगै राजधानीको सवारी व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायले समन्वयात्मक ढंगले काम गरिरहेको जनाइएको छ ।


 


Thali Mobile Pvt.Ltd.