भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

समानुपातिकतर्फको मतपत्र सेतो कागजमा कालो मसीमा छापिने

समानुपातिकतर्फको मतपत्र सेतो कागजमा कालो मसीमा छापिने

काठमाडौं, १८ पुस । आगामी निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ प्रयोग हुने मतपत्र सेतो कागजमा कालो मसी प्रयोग गरी छापिने भएको छ । राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूची बुझाएसँगै निर्वाचन आयोग मतपत्र छपाइको तयारीमा अघि बढेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हाल समानुपातिक तर्फको मतपत्र छपाइ प्रक्रिया सुरु गरिँदैछ । उनले प्रत्यक्षतर्फको मतपत्र भने मनोनयन प्रक्रिया पूरा भएपछि मात्रै छापिने जानकारी दिए । “समानुपातिक तर्फको मतपत्र छपाइको काम अघि बढ्छ । यसको रङ सेतो कागजमा कालो मसी हुने तय भइसकेको छ,” प्रवक्ता भट्टराईले भने, “प्रत्यक्ष तर्फको मनोनयन माघ ६ गते हुने भएकाले माघ ९ गतेपछि मात्रै त्यसतर्फको मतपत्र छपाइको विषय अघि बढ्नेछ । प्रत्यक्षतर्फको मतपत्रको रङ भने अहिलेसम्म तय भएको छैन ।”

आयोगका अनुसार आगामी २१ फागुन मा हुने निर्वाचनमा समानुपातिक प्रणालीतर्फ ६४ वटा राजनीतिक दल सहभागी हुँदैछन् । तीमध्ये १० वटा दलले एकल चुनाव चिह्न प्रयोग गर्ने भएकाले मतपत्रमा देखिने चुनाव चिह्नको संख्या भने ५८ वटा मात्र रहनेछ ।

 


Thali Mobile Pvt.Ltd.