भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

समानुपातिकतर्फको मतपत्र सेतो कागजमा कालो मसीमा छापिने

समानुपातिकतर्फको मतपत्र सेतो कागजमा कालो मसीमा छापिने

काठमाडौं, १८ पुस । आगामी निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ प्रयोग हुने मतपत्र सेतो कागजमा कालो मसी प्रयोग गरी छापिने भएको छ । राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूची बुझाएसँगै निर्वाचन आयोग मतपत्र छपाइको तयारीमा अघि बढेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हाल समानुपातिक तर्फको मतपत्र छपाइ प्रक्रिया सुरु गरिँदैछ । उनले प्रत्यक्षतर्फको मतपत्र भने मनोनयन प्रक्रिया पूरा भएपछि मात्रै छापिने जानकारी दिए । “समानुपातिक तर्फको मतपत्र छपाइको काम अघि बढ्छ । यसको रङ सेतो कागजमा कालो मसी हुने तय भइसकेको छ,” प्रवक्ता भट्टराईले भने, “प्रत्यक्ष तर्फको मनोनयन माघ ६ गते हुने भएकाले माघ ९ गतेपछि मात्रै त्यसतर्फको मतपत्र छपाइको विषय अघि बढ्नेछ । प्रत्यक्षतर्फको मतपत्रको रङ भने अहिलेसम्म तय भएको छैन ।”

आयोगका अनुसार आगामी २१ फागुन मा हुने निर्वाचनमा समानुपातिक प्रणालीतर्फ ६४ वटा राजनीतिक दल सहभागी हुँदैछन् । तीमध्ये १० वटा दलले एकल चुनाव चिह्न प्रयोग गर्ने भएकाले मतपत्रमा देखिने चुनाव चिह्नको संख्या भने ५८ वटा मात्र रहनेछ ।

 


Thali Mobile Pvt.Ltd.