भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

निर्वाचन अवधिभर रोल्पामा मदिरा बिक्री र सेवनमा रोक

निर्वाचन अवधिभर रोल्पामा मदिरा बिक्री र सेवनमा रोक

रोल्पा, १६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रोल्पामा मदिराको बिक्री वितरणमा रोक लगाइएको छ । सुरक्षा व्यवस्था सुदृढ पार्ने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो ।

निर्वाचनलाई स्वच्छ , निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने लक्ष्यसहित मदिरा बिक्री वितरण , ओसारपसार तथा सेवन गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले सार्वजनिक सूचना जारी गर्दै फागुन १५ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरासम्बन्धी सम्पूर्ण गतिविधिमा रोक लगाइएको जानकारी दिएका छन् ।

निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न उक्त निर्णय कार्यान्वयनमा ल्याइएको जनाइएको छ । साथै मदिरा बिक्री वितरण वा सेवन गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.