भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व |

काठमाण्डौमा यस हिउँदकै न्यूनतम तापक्रम, तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाण्डौमा यस हिउँदकै न्यूनतम तापक्रम, तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाण्डौ, २१ पुष । काठमाण्डौसहित देशभर दिनहुँ चिसो बढ्दै गएको छ । काठमाण्डौमा हिजो न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेकोमा आज बिहान ३ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौको यो तापक्रम यस वर्षको हिउँद सुरु भएयताकै सबैभन्दा कम हो ।

मौसमविद् विनु महर्जनका अनुसार आउँदो केही दिनसम्म तापक्रम यही आसपास रहने अनुमान गरिएको छ । तराईका धेरैजसो क्षेत्रमा आज पनि बिहान बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

विशेषगरी बाँकेको नेपालगञ्जमा आज बिहान सबैभन्दा बाक्लो हुस्सु लागेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जको भिजिबिलिटी ५० मिटर मात्र रहेको छ । त्यसैगरी भैरहवामा भिजिबिलिटी १ सय मिटर मापन गरिएको छ । काठमाण्डौ उपत्यकाको मौसम भने सामान्यतया सफा नै रहेको छ ।

काठमाण्डौमा बिहानपख ५ किलोमिटरसम्मको भिजिबिलिटी रहेको छ । तराईमा लागेको बाक्लो हुस्सुका कारण जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा सडक यातायातमा प्रत्यक्ष प्रभाव परेको छ । मौसमविद्हरूले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई चिसोबाट जोगिन न्यानो कपडा प्रयोग गर्न र आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । आज पनि एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.