भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाण्डौमा यस हिउँदकै न्यूनतम तापक्रम, तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाण्डौमा यस हिउँदकै न्यूनतम तापक्रम, तराईमा बाक्लो हुस्सु र कुहिरो

काठमाण्डौ, २१ पुष । काठमाण्डौसहित देशभर दिनहुँ चिसो बढ्दै गएको छ । काठमाण्डौमा हिजो न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेकोमा आज बिहान ३ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौको यो तापक्रम यस वर्षको हिउँद सुरु भएयताकै सबैभन्दा कम हो ।

मौसमविद् विनु महर्जनका अनुसार आउँदो केही दिनसम्म तापक्रम यही आसपास रहने अनुमान गरिएको छ । तराईका धेरैजसो क्षेत्रमा आज पनि बिहान बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

विशेषगरी बाँकेको नेपालगञ्जमा आज बिहान सबैभन्दा बाक्लो हुस्सु लागेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जको भिजिबिलिटी ५० मिटर मात्र रहेको छ । त्यसैगरी भैरहवामा भिजिबिलिटी १ सय मिटर मापन गरिएको छ । काठमाण्डौ उपत्यकाको मौसम भने सामान्यतया सफा नै रहेको छ ।

काठमाण्डौमा बिहानपख ५ किलोमिटरसम्मको भिजिबिलिटी रहेको छ । तराईमा लागेको बाक्लो हुस्सुका कारण जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा सडक यातायातमा प्रत्यक्ष प्रभाव परेको छ । मौसमविद्हरूले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई चिसोबाट जोगिन न्यानो कपडा प्रयोग गर्न र आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । आज पनि एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.