भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बेलायतमा रोजगारी दिलाइदिने नाममा ठगी बढ्दै, नेपाली दूतावासको चेतावनी

बेलायतमा रोजगारी दिलाइदिने नाममा ठगी बढ्दै, नेपाली दूतावासको चेतावनी

काठमाण्डौ, २१ पुष । बेलायतमा कामको अनुमति दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै लण्डनस्थित नेपाली दूतावासले सचेत रहन आग्रह गरेको छ ।

दूतावासका अनुसार कतिपय बेलायतमै रहेका तर कामको खोजीमा रहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको छ । ठगीमा संलग्न व्यक्तिहरूमा कतिपय नेपालीमूलका व्यक्ति नै रहेको बुझिएको छ ।

चिनेजानेकै नेपालीमार्फत तेस्रो देशका व्यक्तिसँग सम्पर्क गराइ ठगीमा पारिएको गुनासो पनि प्राप्त भएको दूतावासको विज्ञप्तिमा उल्लेख छ । यस्ता कार्यहरू नेपाल र बेलायत दुवै देशको कानुनअनुसार दण्डनीय अपराध भएको दूतावासले स्पष्ट पारेको छ ।

ठगीका घटनामा परेका पीडितलाई नेपालका सम्बन्धित अनुसन्धान निकाय तथा बेलायतका स्थानीय प्रहरी र नेशनल एण्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी दिन सुझाव दिइएको छ ।

बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितको न्यायका लागि सहजीकरण गर्न दूतावास तयार रहेको बताउनुभएको छ । समस्यामा परेका नेपालीलाई दूतावासको इमेलमार्फत वा +४४–७४०४९३९२७४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.