भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बेलायतमा रोजगारी दिलाइदिने नाममा ठगी बढ्दै, नेपाली दूतावासको चेतावनी

बेलायतमा रोजगारी दिलाइदिने नाममा ठगी बढ्दै, नेपाली दूतावासको चेतावनी

काठमाण्डौ, २१ पुष । बेलायतमा कामको अनुमति दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै लण्डनस्थित नेपाली दूतावासले सचेत रहन आग्रह गरेको छ ।

दूतावासका अनुसार कतिपय बेलायतमै रहेका तर कामको खोजीमा रहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको छ । ठगीमा संलग्न व्यक्तिहरूमा कतिपय नेपालीमूलका व्यक्ति नै रहेको बुझिएको छ ।

चिनेजानेकै नेपालीमार्फत तेस्रो देशका व्यक्तिसँग सम्पर्क गराइ ठगीमा पारिएको गुनासो पनि प्राप्त भएको दूतावासको विज्ञप्तिमा उल्लेख छ । यस्ता कार्यहरू नेपाल र बेलायत दुवै देशको कानुनअनुसार दण्डनीय अपराध भएको दूतावासले स्पष्ट पारेको छ ।

ठगीका घटनामा परेका पीडितलाई नेपालका सम्बन्धित अनुसन्धान निकाय तथा बेलायतका स्थानीय प्रहरी र नेशनल एण्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी दिन सुझाव दिइएको छ ।

बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितको न्यायका लागि सहजीकरण गर्न दूतावास तयार रहेको बताउनुभएको छ । समस्यामा परेका नेपालीलाई दूतावासको इमेलमार्फत वा +४४–७४०४९३९२७४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.