भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

बागमती किनारमा बनेका पूर्वाधारको प्रयोगमा ल्याउन उपप्रधानमन्त्रीको निर्देशन

बागमती किनारमा बनेका पूर्वाधारको प्रयोगमा ल्याउन उपप्रधानमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् ।बुधबार अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका तर्फबाट समितिले गरेका कामहरुबारे जानकारी लिएपछि उनले यस्तो बताएका हुन् ।

उनले बनेर पनि प्रयोगमा नआएका ढलहरुलाई तत्काल प्रयोगमा ल्याउन र पार्कहरुको संरक्षण गर्न निर्देशन दिए
त्यस्तै मन्त्री सिंहले गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्म बनेका पार्कहरुको दुरावस्था रहेको भन्दै ती पार्कको संरक्षण र रेखदेखमा ध्यान दिन पनि समितिलाई निर्देशन दिए ।

यस्तै, उपप्रधानमन्त्री सिंहले बागमतीमा बाह्रै महिना सङ्लो पानी बगाउनेतर्फ पनि ध्यान दिन जोड दिए । बागमतीमा सफा पानी बगाउनका लागि नाग्मतीको ड्याम बनाउनुभन्दा अघि वैकल्पिक उपाय खोज्न पनि उनले समितिलाई निर्देशन दिए ।

त्यसका लागि बाधा अड्चन छ भने हटाउन मन्त्रालयले सहजीकरण गर्ने उनले बताए ।बागमती भन्दा कुरुप नदीहरुलाई विभिन्न देशहरुले सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिँदै मन्त्री सिंहले बाग्मती नदी स्वच्छ रुपमा बगाउनका लागि सरकारले प्रभावकारी योजना ल्याउने समेत बताए ।

 

 


Thali Mobile Pvt.Ltd.