काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् ।बुधबार अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका तर्फबाट समितिले गरेका कामहरुबारे जानकारी लिएपछि उनले यस्तो बताएका हुन् ।
उनले बनेर पनि प्रयोगमा नआएका ढलहरुलाई तत्काल प्रयोगमा ल्याउन र पार्कहरुको संरक्षण गर्न निर्देशन दिए
त्यस्तै मन्त्री सिंहले गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्म बनेका पार्कहरुको दुरावस्था रहेको भन्दै ती पार्कको संरक्षण र रेखदेखमा ध्यान दिन पनि समितिलाई निर्देशन दिए ।
यस्तै, उपप्रधानमन्त्री सिंहले बागमतीमा बाह्रै महिना सङ्लो पानी बगाउनेतर्फ पनि ध्यान दिन जोड दिए । बागमतीमा सफा पानी बगाउनका लागि नाग्मतीको ड्याम बनाउनुभन्दा अघि वैकल्पिक उपाय खोज्न पनि उनले समितिलाई निर्देशन दिए ।
त्यसका लागि बाधा अड्चन छ भने हटाउन मन्त्रालयले सहजीकरण गर्ने उनले बताए ।बागमती भन्दा कुरुप नदीहरुलाई विभिन्न देशहरुले सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिँदै मन्त्री सिंहले बाग्मती नदी स्वच्छ रुपमा बगाउनका लागि सरकारले प्रभावकारी योजना ल्याउने समेत बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मोरङ । कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो ।...
पोखरा । गण्डकी प्रदेश सरकार रु दुई करोड ३५ लाख ८९ हजार प्रदान गरेको छ । क्यान्सर उपचार सहायता कार्यक्रमबाट सात सय ३३ जना लालाई प्रदेश सरकारले उक्त रकम...
काठमाडौँ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा हिमपातको सम्भावना रहेको छ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
रुकुम पूर्व । दुई जनाको हत्याका आरोपी रुकुममा मृत अवस्थामा फेला परेका छन् । रुकुम पूर्वको भूमे गाउँपालिका–४ मा दुईजनाको हत्या गर्ने हत्या आरोपी मृत फेला परेका हुन ।...