काठमाडौं । मार्कस स्टोइनिसको अलराउन्ड प्रदर्शनसँगै अस्ट्रेलियाले आइसिसी टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। बिहीबार सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो।
१६५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा १२५ रनमात्रै बनाएपछि अष्ट्रेलिया विजयी भयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
खराब सुरुआत गरेपनि ओपनर डेभिड वार्नर र मार्कस स्टोनिसको अर्धशतक मद्दतमा अष्ट्रेलियाले ओमानलाई मध्यम लक्ष्य प्रस्तुत गर्यो ।
अष्ट्रेलियाका लागि स्टोनिसले आक्रामक खेल्दै ६ छक्का र दुई चौका मद्दतमा ६६ रनमा अविजित रहे । ओपनर वार्नरले एक छक्का र ६ चौका मद्दतमा ५६ रनमा आउट भए ।
ओमानका मेहरन खानले दुई तथा बिलाल खान र कलीमुल्लाहले एकरएक विकेट लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ । अर्जुन ट्रफी राष्ट्रिय टी–२० प्रतियोगिताको उपाधि फ्रेन्डस् युथ क्लब सीवाईसी अत्तरियाले उचालेको छ । डडेल्धुरालाई हराउँदै अत्तरियाले ३४ रनले हराएको हो । डडेल्धुराका लागि गजेन्द्र बोहोराले २४...
काठमाण्डौ । पुरूष कबड्डीका लागि नेपाली टोली घोषणा भएको छ । बङ्गलादेशमा हुने पाँचदिवसीय पुरूष कबड्डीका लागि नेपाली टोली अखिल नेपाल कबड्डी सङ्घले घोषणा गरेको हो । टोलीमा नेपाल...
काठमाडौं । मलेसियामा जारी आईसीसी यू १९ महिला टी २० विश्वकपमा आज नेपाल र स्कतल्याण्ड भिड्ने भएका छन् । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो...
काठमाडौं । जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । फाइनलमा त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै पुलिस विजेता बनेको हो । पुलिसलाई जिताउन स्पिनर जोडी...