भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

टी-२० विश्वकपमा अष्ट्रेलियाको विजयी सुरुआत

टी-२० विश्वकपमा अष्ट्रेलियाको विजयी सुरुआत

काठमाडौं । मार्कस स्टोइनिसको अलराउन्ड प्रदर्शनसँगै अस्ट्रेलियाले आइसिसी टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। बिहीबार सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो।

१६५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा १२५ रनमात्रै बनाएपछि अष्ट्रेलिया विजयी भयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

खराब सुरुआत गरेपनि ओपनर डेभिड वार्नर र मार्कस स्टोनिसको अर्धशतक मद्दतमा अष्ट्रेलियाले ओमानलाई मध्यम लक्ष्य प्रस्तुत गर्‍यो ।

अष्ट्रेलियाका लागि स्टोनिसले आक्रामक खेल्दै ६ छक्का र दुई चौका मद्दतमा ६६ रनमा अविजित रहे । ओपनर वार्नरले एक छक्का र ६ चौका मद्दतमा ५६ रनमा आउट भए ।

ओमानका मेहरन खानले दुई तथा बिलाल खान र कलीमुल्लाहले एकरएक विकेट लिए ।

 

 


Thali Mobile Pvt.Ltd.